२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता

नेपाल माइक्रो इन्स्योरेन्स र मुक्तिनाथ विकास बैंकबीच बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता

1.3K
Shares

काठमाडौं – नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो बीमा व्यवसाय विस्तार गर्ने क्रममा दुवै पक्षको हित हुने गरी मुक्तिनाथ विकास बैंकसँग बीमा व्यवसाय सहकार्य सम्बन्धी द्विपक्षीय सम्झौता गरेको छ । बीमा व्यवसायका विषयमा र्बैकको केन्द्रीय कार्यालय, लाजिम्पाटमा माघ २३ गतेका दिन आयोजित एक कार्यक्रमका बीचमा द्वीपक्षीय समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको हो ।
उक्त सम्झौतापत्रमा नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत  (सिइओ) मृगेन्द्र रिमाल र मुक्तिनाथ विकास बैंकका डेपुटी सीईओ समीर शेखर बज्राचार्यले हस्ताक्षर गरे । यस समारोहमा नेपाल माइक्रोका डेपुटी सीईओ अनिल राज गिरी, प्रमुख विकास अधिकृत मनोज कुमार चौधरी र मुक्तिनाथ विकास बैंकका ट्रान्जेक्सन हेड राजेन्द्र पाण्डेको समेत उपस्थिति रहेको थियो ।

कम्पनीका सीइओ रिमालले यस सहकार्यले निर्जीवन लघु बीमा सेवाहरू विस्तार गर्न नयाँ सम्भावनाहरू खोल्ने उल्लेख गर्दै व्यक्तिहरू र साना व्यवसायहरूलाई अप्रत्याशित जोखिमबाट जोगाउन सहयोग पुग्ने बताए । साथै उनले नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडको लघु बीमाको अनुभव र मुक्तिनाथ विकास बैंकको बैंकिङ पहुँचलाई समाहित गरेर सिमान्तकृत लगायत समुदायलाई सशक्त बनाउने लक्ष्य लिएको उल्लेख गरे ।

यसै मुक्तिनाथ विकास बैंक लिमिटेडका डेपुटी सीईओ बज्राचार्यले सकारात्मक सोचलाई निरन्तरता दिदै “यो साझेदारी केवल व्यवसायका लागि मात्र नभई नबिन कार्य र प्रभावका लागि हो भन्द कम आय भएका जनसंख्याका वित्तीय चुनौतीहरूको समाधान गर्ने ग्राहक केंद्रित उत्पादनहरू विकास हुने बताए । जसले दिगो विकासलाई टेवा पुर्याउने समेत जनाए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij