काठमाडौं- नेपालको डिजिटल वालेट ‘आइएमई पे’ ले विदेशमा कमाएको पैसा आइएमई पेको माध्यमबाट प्राप्त गर्दा ५०० रूपैयाँ बोनस प्राप्त गर्न सकिने अवसर सार्वजनिक गरेको छ। विश्वको जुनकुनै देशमा रहेर कमाएको पैसा आइएमई पे मार्फत नेपालमा प्राप्त गर्न सकिन्छ।
आइएमई पेमा रकम प्राप्त गर्दा दश हजार रूपैयाँसम्ममा ७५ रूपैयाँ बोनस प्राप्त हुनेछ। त्यस्तै, कारोबारको रकम अनुसार ५० हजार, एक लाख र दुई लाख सम्ममा क्रमश १००, २०० र ५०० रूपैयाँसम्म बोनस प्राप्त गर्न सकिनेछ। कारोबारमा संलग्न एक जनाले महिनाको दुई पटकसम्म बोनस प्राप्त गर्न सक्नेछन्।
यो योजना मार्फत आइएमई पेमा रकम प्राप्त गर्दा बोनस मात्रै नभएर रकम सुरक्षित तवरले घरसम्मै पुग्ने विश्वासको समेत वृद्धि हुने कम्पनीले जनाएको छ।
आफन्तको पैसा आइएमई पेमा प्राप्त गर्दा आफन्तले नै बोनस प्राप्त गर्न सकिने योजना निकै उपलब्धिमूलक बन्न सक्ने आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रविण रेग्मीले जानकारी दिए।
नेपालको पहिलो भुक्तानी सेवाप्रदायक आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्धित आइएमई पे मोबाइल वालेट एपअन्तर्गतको विद्युतीय भुक्तानी सेवाप्रदायक हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली-२०७२ बमोजिम आइएमई डिजिटल दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने पहिलो कम्पनी हो । हाल २० लाखभन्दा बढी ग्राहकलाई सिधै मोबाइल वालेट एप तथा एजेन्टहरूमार्फत आइएमई पेले विद्युतीय भुक्तानी सेवा प्रदान गर्दै आएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij