काठमाडौं – सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुन्दर पन्थीलाई नियुक्त भएको छ ।कम्पनीको सञ्चालक समितिको मंगलबार सम्पन्न बैठकले खुल्ला प्रतिस्पर्धाबाट संक्षिप्त सूचीमा परेकामध्ये सुन्दर पन्थीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो। चार प्रतिस्पधीलाई उछिन्दै पन्थी अबको चार कार्यकालको लागि कम्पनीको सिईओ बन्नेछन् ।
पन्थी नेपाल बैंकको फष्ट क्लास अफिसर हुन् । स्थायी ठेगाना गुल्मी रहेका पन्थीले त्रिभूवन विश्वविद्यालयबाट एमए र एमबीएको डिग्री हासिल गरेका छन् । कम्पनीको सीईओ बन्नका लागि आवेदन दिएका ८ जनामध्ये कम्पनीको पदपूर्ति समितिले ४ जनाको नाम सर्टलिष्टमा राखेको थियो । सर्टलिष्टमा सुन्दर पन्थी सहित महेश रिमाल, राजुनाथ खनाल, रामदेव यादव रहेका थिए ।
बीमा ऐन २०७९ को बाध्यकारी प्रावधानका कारण २०८० कात्तिकमा तत्कालीन राष्ट्रिय बीमा संस्थान कम्पनीमा रूपान्तरण भएको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij