२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट मिति तय

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट मिति तय

1.3K
Shares

काठमाडौं-  गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साधारण शेयर (आईपीओ)  बाँडफाँट मिति तय भएको छ । आईपीओको प्रि अलोटमेन्ट भने यही माघ २ गते सम्पन्न भइसकेकाले आइतवार अर्थात माघ ६ गते बिहान बाँडफाँट गर्ने तयारी गरेको विक्री प्रबन्धक कुमारी क्यापिटले जनाएको छ । सिडिएस एण्ड क्लियरिङका अनुसार कम्पनीको आईपीओमा मागभन्दा १३ दशमलव ६६ गुणा बढी आवेदन परेको छ ।

आईपीओ गोला प्रथाद्धारा बाँडफाट हुनेछ । कम्पनीको आईपीओ १९ लाख ८ हजार ४३१ जनाले भरेका छन् ।  अनलाइन प्रणाली मेरो शेयरमार्फत कम्पनीको आईपीओमा आवेदन परेको हो ।

कम्पनीको आईपीओ बाँडफाँटका क्रममा १ लाख ८४ हजार ५ सय जनाले १० कित्ताका दरले शेयर पाउने छन्  । १८ लाख ४५ हजार कित्ता शेयर सर्वसाधारणका लागि खुलेकोमा २ करोड ५२ लाख ७ हजार ६९० कित्ताका लागि आवेदन परेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij