२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा

प्रभु महालक्ष्मी लाइफको बोनस शेयर डिम्याट खातामा

865
Shares

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको बोनस शेयर सम्बन्धित शेयरधनीको डिम्याट खातामा पठाइएको छ।

कम्पनीको गत असोज २३ गते बसेको साधारणसभाले १० प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको थियो। यो बोनस शेयर नेप्से र सिडिएस एण्ड क्लियरिङ्गमा दर्ता भई अभौतिक रुपमा कारोबारमा आइसकेको कम्पनीले जनाएको छ।

लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १६ गते बुक क्लोज गरेकाले असोज १५ गतेसम्म कायम शेयरधनीले बोनस शेयर पाएका छन्।

साथै असोज १५ गतेसम्म धितो बन्धक राखी कर्जा लिएका शेयरधनीको हकमा कर्जा प्रवाह गर्ने वित्तीय संस्थाको नाममा रोक्का जनाइएकाले कर्जा चुक्ता भइसकेको भए सम्बन्धित वित्तीय संस्थाबाट बोनस शेयर फुकुवा गर्न समेत आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij