काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा पवन कुमार खड्का नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको आज मंसिर १३ गते बसेको बैठकले खड्कालाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
निजको नियुत्तिको स्वीकृतीका सम्बन्धमा नियमनकारि निकाय नेपाल बीमा प्राधिकरण समक्ष पेस गरिएकोमा प्राधिकरणको मंसिर १२ को पत्रमार्फत बीमा ऐन तथा प्रचलित कानुनको पूर्णपालना गर्नेगरि कम्पनीका सञ्चालक समितिलाइ आवश्यक कार्यगर्नको जानकारी गराएको थियो ।
सिइओ खड्कासँग बैंक वित्तीय संस्था तथा कर्पोरेट क्षेत्रमा गरेर करिव १८ वर्षको अनुभव हासिल गरिसकेका खड्काको प्रमुख कार्यकारी अधिकृतको यात्रा भने साविक सूर्य लाइफ इन्स्योरेन्स कम्पनीबाट सुरुवात भएको थियो । उनि २०७८ असारमा सूर्या लाइफको सिइओ बनेका थिए । २०७९ पुस महिनामा साविक सूर्या लाइफ र ज्योति लाइफ मर्जर भएर सूर्यज्योति लाइफ बने पछि भने उनि बरिष्ट नायव प्रमुख कार्यकारी अधिकृत बनेका थिए । उनीसँग एसीसीए संयुक्त राज्य बेलायत र व्यवस्थापनमा त्रिभुवन विश्वविध्यालयबाट स्नात्तकोत्तरको शैक्षिक योग्यता रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij