२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल नेपाल लाइफको नाफा ६७ प्रतिशतले बढ्यो

रिलायबल नेपाल लाइफको नाफा ६७ प्रतिशतले बढ्यो

1.2K
Shares

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्ष २०८१ /८२ को पहिलो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासमा १९ करोड ९३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ११ करोड ९४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीले ६६.९९ प्रतिशत बढी नाफा आर्जन गरेको हो ।

असोज मसान्तसम्म कम्पनीले १ अर्ब १२ करोड १३ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ९३ करोड ३५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन १०.११ प्रतिशत बढेको हो ।

समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँ, सेयर प्रिमियममा १ अर्ब ७५ करोड ३ लाख रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड ७६ लाख रुपैयाँ, सञ्चित नाफा ९१ करोड ३८ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ६ लाख रुपैयाँ रहेको छ । कम्पनीको जीवन बीमा कोष १० अर्ब ८३ करोड ५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको प्रतिशेयर आम्दानी १७.१९ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १६२.९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij