२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल नेपाल लाइफको डिसीईओमा दिपेश बाबु तिवारी नियुक्त

रिलायबल नेपाल लाइफको डिसीईओमा दिपेश बाबु तिवारी नियुक्त

795
Shares

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डिसीईओ) मा दिपेश बाबु तिवारी नियुक्त भएका छन् । इन्स्योरेन्सका सहायक महाप्रबन्धक तिवारी नायब प्रमुख कार्यकारी अधिकृत पदमा बढुवा भएका हुन ।

सञ्चालक समितिको बैठकले तिवारीलाई बढुवा गर्ने निर्णय गरेको हो। फाइनान्स कम्पनीबाट वित्तीय सेवा क्षेत्रमा प्रवेश गरेका तिवारीले बैंकिङ तथा वित्तीय क्षेत्रमा १६ वर्षभन्दा बढी काम गरेको अनुभवसहित कार्यकारी–एमबिए शिक्षाका साथै अर्थशास्त्रमा स्नातकोत्तर गरेका छन् । उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम, कार्यशाला, सेमिनारमा सहभागी भइसकेका छन् र स्रोत व्यक्तिका रूपमा आमन्त्रित पनि भएका छन् ।
कम्पनीमा सहायक महाप्रबन्धकको रूपमा आवद्ध हुनु अघि तिवारी ग्लोबल आईएमई बैंक लिमिटेडमा आबद्ध रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij