काठमाडौं – एनएजली इन्स्योरेन्स कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ । सभा काठमाडौंको बालुवाटारस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न भएको कम्पनीले जनाएको छ ।
सभाले चुक्तापुँजीको ६२.५६ प्रतिशत हकप्रद जारी गर्ने विशेष प्रस्ताव अनुमोन गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७९।८० को बोनस शेयर वितरण कायम हुने चुक्तापुँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८.९७ रुपैयाँको ६२.५६ प्रतिशत अर्थात १००ः६२.५६ अनुपातमा हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको छ । यो हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५० करोड २५ लाख १५ हजार ७०१.३० रुपैयाँ पुग्नेछ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति दिइसकेको छ। एनएलजीको हकप्रद बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल मार्केट रहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij