२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लिबर्टी माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने

लिबर्टी माइक्रो लाइफले आइपीओ निष्काशन गर्ने

1.2K
Shares

काठमाडौं -लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले प्रारम्भिक सार्वजनिक निष्काशन गर्न लागेको साधारण शेयरको लागि खरिद प्रत्याभुति सेवा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेड तथा आरबिबि म्युचुअल फन्ड १ ले संयुक्त रुपमा प्रदान गर्ने भएकाे छ ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले सर्वसाधारणहरुलाई जारी गर्न लागेको २२ लाख ५० हजार कित्ता साधारण शेयरको प्रति शेयर अङ्कित मूल्य १०० रूपेयाँका दरले कुल २२ कराेड ५० लाख रुपैयाँको खरीद प्रत्याभुति सेवाको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लि. तथा आरबिबि म्युचुअल फन्ड १ लाई नियुक्त गरेको हाे ।

आज एक कार्यक्रमका बिच नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेल, आरबिबि म्युचुअल फन्ड १ का का तर्फबाट आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडका प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेल र लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि.का प्रमुख कार्यकारी अधिकृत रामकुमार यादबले उक्त शेयर प्रत्याभुत प्रदान गर्ने सम्बन्धि त्रिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लिमिटेड नेपाल एसबिआई बैंक लिमिटेडको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । यसले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त गरी लगानि ब्यबस्थापन सेवा, धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सेवा, धितोपत्र खरिद प्रत्याभुति सेवा, हितग्राही खाता सञ्चालन सम्बन्धी सेवा, संस्थागत परामर्श सम्बन्धी सेवा तथा शेयर रजिष्ट्रार सम्वन्धि सेवा प्रदान गर्दै आइरहेको छ ।

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लि. गण्डकी प्रदेश अन्तर्गत कास्कीको न्यूरोड, पोखरामा मुख्य कार्यालय स्थापना गरि नेपाल बीमा प्राधिकरणबाट बीमा ऐन २०७९ तथा बीमा नियमावली २०४९ बमोजिम २०८० भदाै १ गते इजाजत प्राप्त गरि २०८० असाेज १९ गते देखि लघु जीवन बीमा सम्बन्धि सेवा त्रिपुरेश्वर, काठमाडौंस्थित ब्लुबर्ड मल मा रहेको प्रादेशिक कार्यालय सहित आफ्ना देशभरि छरिएका ४ शाखा तथा ६ उप–शाखा कार्यालयहरु मार्फत प्रदान गर्दै आइरहेको छ । यस कम्पनी, कम्पनी ऐन २०६३ बमोजिम २०७९ पुष १७ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा विधिवत् दर्ता भएको हाे ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij