२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबीच प्रत्याभूति सम्बन्धी सम्झौता

गरिमा क्यापिटल र स्टार माइक्रो इन्स्योरेन्सबीच प्रत्याभूति सम्बन्धी सम्झौता

1.2K
Shares

काठमाडौं- गरिमा क्यापिटल लिमिटेड र स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेड बीच प्रत्याभूतिकर्ता नियुक्ति सम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ। सम्झौताअनुसार गरिमा क्यापिटले स्टार माइक्रोले निष्काशन गर्न लागेको २२ करोड ५० लाख रुपैयाँ बराबरको आइपीओ  प्रत्याभूति गर्नेछ।

यस सम्बन्धि सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र  इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले हस्ताक्षर गरेका छन्।

स्टार माइक्रो २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।

गरिमा विकास बैंकको सहायक कम्पनी गरिमा क्यापिटल नेपाल धितोपत्र बोर्डबाट अनुमति पत्र प्राप्त मर्चेन्ट बैंकर हो । यस संस्थाले हाल लगानी व्यवस्थापन सेवा , निक्षेप सदस्य, डिम्याट तथा मेरोशेयर खाता सम्बन्धी तथा धितोपत्र अण्डरराइटिङ सेवा प्रवाह गर्दै आएकोमा निकट भविष्यमा नै कोष सुपरिवेक्षक र कोष प्रवद्र्धकको प्रचलित कानुन बमोजिम आवश्यक स्वीकृति लिई गरिमा म्युचुअल फण्ड अन्तर्गत विभिन्न बन्दमुखी तथा खुल्लामुखी योजनाहरु क्रमशः दर्ता तथा सञ्चालन गर्दै अगाडी बढाउने जानकारी समेत गराएको छ।

गरिमा क्यापिटल सम्पूर्ण सेवाहरु ग्राहक समक्ष पुर्याउन गरिमा विकास बैंक लिमिटेडका सम्पूर्ण शाखा कार्यालयहरुबाट सहजिकरण हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij