२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटी एक्सप्रेसको ‘१८ औ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौ गुणा’ नामक योजना सार्वजनिक

सिटी एक्सप्रेसको ‘१८ औ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौ गुणा’ नामक योजना सार्वजनिक

1.2K
Shares

काठमाडौं – नेपालको एक अग्रणी मनी ट्रान्सफर कम्पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरले दशैं, तिहार, छठ पर्वको अवसरमा विशेष योजनाको घोषणा गरेको छ। आज सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज ‘१८ औ वर्षमा १८ गुणा, परिवारमा खुसी लाखौ गुणा’ नामक योजना सार्वजनिक गरेको हो ।

कम्पनीका अध्यक्ष चन्द्र टन्डन, मार्केटिङ, ब्रान्ड र प्रमोशन एकाइ प्रमुख अनिता थापा आचार्य, सुभव डोटेल चिफ विजनेश अफिसर, कम्पनीका ब्राण्ड एम्बासडर जितु नेपाल लगायतको उपस्थितिमा कम्पनीले आज दशैँ तिहार लक्षित चाडपर्व योजना सार्वजनिक गरेको हो।
यस योजना अनुसार विदेशबाट सिटी एक्सप्रेस मनि ट्रान्सफर मार्फत पैसा पठाउनेलाई विभिन्न उपहारहरु पाउने छन् । जस अनुसार हरेक दिन १८ जनालाई सिटी पे वालेटबाट ५०० को टपअप, हरेक हप्ता दुई जनालाई सामसुङ स्मार्ट टिभी, तथा हरेक महिना दुई जनाले सामसुङ स्मार्टफोन पाउने छन् ।

त्यस्तै बम्पर उपहार स्वरुप एक जनाले विदेशबाट पठाएको रकमको १८ गुणा बढी रकम पाउने कम्पनीले जनाएको छ। कम्पनी १८ वर्ष प्रवेश गरेको अवसरमा कम्पनीले १८ गुणा रकम पाउने अफर ल्याएको हो। अघिल्लो वर्ष कम्पनीले १० गुणा रकम बम्पर उपहार मार्फत प्रदान गरेको थियो।

कम्पनीले औपचारिक माध्यमबाट मात्र रेमिट्यान्स पठाउन र विभिन्न उपहार पाउनको लागि सिटी एक्सप्रेस मार्फत नै रकम पठाउन आग्रह गरेको छ । कम्पनीका अनुसार यो अफर असोज १ देखि मङ्सिर ३० गतेसम्म लागु हुने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij