काठमाडौं – हेयर कलर ब्रान्ड गोदरेज एक्सपर्ट रिच क्रिमले तीजको अवसरमा ‘यसपालीको तीजमा नाच्ने कपाल हल्लाई हल्लाई’ अभियानको सुरुवात गरेको छ।
यस अभियान अन्तर्गत गोदरेज एक्सपर्टको तीज गीतमा भिडिओ बनाएर १० जनाले उपहार जित्ने कम्पनीको भनाइ छ। यस्तै, एउटा उत्कृष्ट ग्रुप भिडियो पनि घोषणा गरिने छ। विजेतालाई गोदरेज एक्सपर्टको तर्फबाट दर पार्टी दिइने छ।
भिडिओमा आएको लाइक, कमेन्ट र सेयरको आधारमा विजेता घोषणा गरिने कम्पनीले बताएको छ। तीजको रौनकता र नारीहरूको कपालको सौन्दर्यलाई मनाउँदै, तीजमा महिलाहरूलाई आफ्नै सुन्दर कपालका साथ नाच्न र उत्सव मनाउन प्रोत्साहन गरेको गोदरेजको भनाइ छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij