२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, ७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

प्रभु महालक्ष्मी लाइफको लाभांश घोषणा, ७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

540
Shares

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।  कम्पनीको भदौ ७ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गरेको हो ।

बैठकले आर्थिक वर्ष २०७९।८० को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोमा लाग्ने कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । साथै कम्पनिले ७ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको छ ।

साथै बैठकले बोनस शेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजी रू. ४ अर्ब ७२ करोड ५६ लाख को ७ प्रतिशतले हुन आउने रकम बारबरको हकप्रद शेयर जारी गर्ने निर्णय गरेको छ ।

कम्पनीले यसअघि चुक्ता पूँजी रू. ४ अर्ब २९ करोड ६० लाखको १७ प्रतिशतले प्रतिकित्ता अंकित मूल्य रू १०० मा हकप्रद शेयर जारी गर्ने निर्णय गरेको थियो । तर नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृति नदिएपछि रोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij