२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आई.एम.ई.लाइफ इन्स्योरेन्सको उप-प्रमुख कार्यकारी अधिकृतमा दिनेश अमात्य नियुक्त

आई.एम.ई.लाइफ इन्स्योरेन्सको उप-प्रमुख कार्यकारी अधिकृतमा दिनेश अमात्य नियुक्त

1.1K
Shares

काठमाडौं–आई.एम.ई. लाइफ इन्स्योरेन्स कम्पनीको उप प्रमुख कार्यकारी अधिकृतमा दिनेश अमात्य नियुक्त भएका छन् । दिनेश अमात्यले मिति २०८१ श्रावण १ गतेदेखी उप प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन् ।

कम्पनीको उप प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनु अघि दिनेश अमात्य कम्पनीको नायव महाप्रबन्धक पदमा कार्यरत थिए ।

जीवन बीमा व्यवसायबाट नै बीमा क्षेत्रमा प्रवेश गरेका अमात्यले तत्कालीन सूर्य लाइफ इन्स्योरेन्समा स्थापना वर्ष २०६५ साल देख २०७४ सम्म कामको अनुभव गरिसकेका उनले सहायक महाप्रबन्धक पदबाट सूर्य लाइफबाट बिदा भई आइ.एम.ई. लाइफ इन्स्योरेन्समा सहायक महाप्रबन्धक पदमा प्रवेश गरेका थिए ।

अमात्य आई.एम.ई. लाइफ इन्स्योरेन्सको स्थापना वर्ष २०७४ देखि नै कम्पनीको प्रमुख सञ्चालन अधिकृतका रूपमा कार्यरत थिए । उप प्रमुख कार्यकारी अधिकृत अमात्यसँग कार्यालय प्रशासनको साथै बीमालेख विकास, जोखिमाड्ढन, पुनर्बीमा, बीमाड्ढी मूल्याड्ढन, दाबी व्यवस्थापन, बीमालेख सेवामा तिन दशक भन्दा लामो कार्य अनुभव रहेको छ । उनले त्रिभूवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij