काठमाडौं -आईएमई लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा पुनः कवि फुयाँल नियुक्त भएका छन् ।
२०७७ सालयता कम्पनीको प्रमुख कार्यकारी अधिकृत रहेका फुयाँललाई उनको उत्कृष्ट कार्यसम्पादनको मूल्याङ्कन गर्दै सञ्चालक समितिले दोस्रो कार्यकालका लागि पनि निरन्तरता दिएको हो ।
साउन १४ गते बसेको सञ्चालक समितिको बैठकले फुयाँलको पुनः नियुक्तिको निर्णय गर्दै स्वीकृतिका लागि वीमा प्राधिकरण पठाएकोमा श्रावण २८ गते प्राधिकरणले स्वीकृति प्रदान गरेको हो ।
वीमा क्षेत्रमा लामो अनुभव संगालेका फुयाँलले चार बर्षयता आईएमई लाइफलाई नेतृत्व दिँदै आएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij