काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको विजनेश एक्सिलेन्स समिट-२०८१ सम्पन्न भएको छ । कम्पनीले देशैभरि फैलिएका शाखाका शाखा प्रमुखहरु र उच्च व्यवस्थापकहरुको उपस्थितीमा विजनेश एक्सिलेन्स समिट-२०८१ भव्यताका साथ सु सम्पन्न गरेको हो । कार्यक्रम साउन १८ गतेबाट साउन २० गतेसम्म ३ दिन चितवनको नारायणगढमा सञ्चालन भएको हो ।
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरे । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका नायब प्रमुख कार्यकारी अधिकृत किशोर प्रसाद लामिछानेले सहभागीहरुमा स्वागत मन्तब्य राखेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij