काठमाडौं- प्रभु इन्स्योरेन्स लिमिटेडले आफ्नो स्थापनाको २९औं वर्षमा प्रवेश गरेको छ। भन्दा २८ वर्ष पहिले कम्पनीले २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसायको शुरूवात गरेको थियो । आज कम्पनीले स्थापनाको २८औं वर्ष पूरा गरी २९औं वर्षमा प्रवेश गरेको छ।
शुरूमा एलायन्स इन्स्योरेन्स कम्पनीको नामबाट निर्जीवन बीमा ब्यवसाय आरम्भ गरेको यस कम्पनीलाई प्रभु समूहले लगानी गरेपछि नाम परिवर्तन गरी प्रभु इन्स्योरेन्स कम्पनी राखिएको थियो।
स्थापनाको तीन दशक पुग्नै लाग्दा कम्पनीले आगामी दिनहरूमा अझै सरल, सुलभ गुणस्तरीय र आधुनिक बीमा सेवा प्रदान गर्ने प्रतिबद्धता समेत जनाएको छ ।
कम्पनीले स्थापनाको शुरूवाती चरणदेखि यहाँसम्म पुग्न मद्दत गर्ने ग्राहक, बीमित, कर्मचारी, नेपाल बीमा प्राधिकरण, सरोकारवाला निकाय, शेयरधनी, व्यवसायिक प्रतिष्ठानका साथै शुभचिन्तकहरूमा कृतज्ञता व्यक्त गरेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij