काठमाडौं – लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले विशेष साधारणसभा आह्वान गरेको छ। कम्पनी सञ्चालक समितिको बैठकले यही साउन ३१ गते विशेष साधारणसभा डाकेको हो। सभाले पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा मध्याह्न १२ः३० बजेबाट सुरु हुनेछ।
सभाले सर्वसाधारणले आइपीओ ल्याउने विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग गर्नेसम्बन्धी अर्को विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
आइपीओ जारी गर्ने सम्बन्धमा आवश्यक पर्ने कार्यहरु गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गर्नेछ।
सभामा सहभागी हुन आउने शेयरधनीहरुले आफ्नो परिचय खुल्ने आधिकारिक परिचयपत्र वा शेयरधनी प्रमाणपत्र ल्याउन कम्पनीले आग्रह गरेको छ।
कम्पनीले गत चैत २ गते प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij