२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल लाइफको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्सल सम्पन्न

नेपाल लाइफको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्सल सम्पन्न

710
Shares

काठमाडौं – नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय बिजनेस एक्सिलेन्स कन्फरेन्सल सम्पन्न भएको छ। भैरहवाहमा श्रावण ९ देखि सुरु भएकोे कन्फ्रेन्स फ्लाई हाई एम हाइयर नाराका साथ आज भव्यताका साथ सम्पन्न भएको छ।

उक्त सम्मेलनमा देशभरिबाट सेल्स तथा मार्केटिंगमा कार्यरत् २३० भन्दा बढी कर्मचारीहरुको सहभागिता रहेको थियो। पानसमा दीप प्रज्वलन गरी कम्पनीका उच्च अधिकारी र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा सम्मेलनको उद्घाटन गरेका थिए।

प्रविधिको उच्चतम प्रयोग गर्दै कम्पनीको काम कारवाहीलाई थप सहज, सरल, चुस्त र दुरुस्त बनाउन कम्पनीले कार्य आरम्भ गरिसकेको बताए। सम्मेलनमा सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले कर्मचारीहरुलाई गत आ.ब. को कार्यसम्पादनको लागि धन्यवाद र चालु आ.ब. को व्यापार लक्ष्य पुरा गर्न शुरुबाट नै दत्तचित्त भई कार्य गर्न आव्हान गरेका थिए।

गत आर्थिक वर्षको व्यापार समीक्षा गर्दै चालु आर्थिक वर्ष २०८१÷८ २मा सेल्स रणनीतिका बारेमा सम्मलेनमा जानकारी गराइएको योजना रहेको छ। हाल कार्यरत प्रादेशिक प्रमुखहरुलगायत प्रधान कार्यालयका विभागीय प्रमुखहरुले सम्मेलनमा आ–आफ्नो प्रतिवेदनहरु प्रस्तुत गर्ने गरेका थिए ।

सम्मेलनको अन्त्यमा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत पराजुली, सहित उच्च व्यवस्थापकहरुबाट सवै सहभागीहरुलाई प्रमाण पत्र साथै आर्थिक वर्ष २०८०÷८१ मा उत्कृष्ट व्यवसाय गर्ने कर्मचारीहरु र शाखा एवं उपशाखाहरुलाई विभिन्न विधामा सम्मान तथा अवार्ड प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij