काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.ले संस्थापक सेर बिक्रीमा ल्याएको छ । कम्पनीले सेयरधनीहरूको स्वामित्वमा रहेको १ लाख ५७ हजार २ सय ९८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
सेयर खरिद गर्न चाहने इच्छुक संस्थापक सेयरधनीले सूचना प्रकाशित भएको ३५ दिनभित्र कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र दर उल्लेख गरी आवेदन पेस गर्न सक्नेछन् ।
निर्धारित समयभित्र सेयर खरिदका लागि कुनै पनि आवेदन प्राप्त नभएमा अन्य व्यक्ति तथा कम्पनीलाई सेयर बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij