२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन हिमालयन लाइफको आग्रह

बोनस सेयरमा लाग्ने करबापतको रकम बुझाउन हिमालयन लाइफको आग्रह

1.1K
Shares

काठमाडौं – हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिाटेडले बोनस सेयरका लागि करबापतको रकम जम्मा गर्न सेयरधनीहरुलाई आग्रह गरेको छ।

कम्पनीले मर्ज हुनु अघिको साविकको गुराँस लाइफ इन्स्योरेन्सको आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरिएको १३.२७ प्रतिशत बोनस सेयर र साविकको युनियन लाइफको आर्थिक वर्ष २०७७/७८ का लागि वितरण गरेको ८.९७ प्रतिशत बोनस सेयरका लागि लाग्ने कर बापतको रकम तिर्न आग्रह गरेको हो ।

हालसम्म पनि कतिपय सेयरधनीहरुले आफुले प्राप्त गर्ने बोनस सेयरको कर बापतको रकम कम्पनीको खातामा जम्मा नगरेकाले त्यस्ता सेयरधनीलाई उक्त रकम कम्पनीको खाता रहेकामे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा जम्मा गर्न कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij