२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८७ प्रतिशतले बढ्यो

सिटिजन लाइफ इन्स्योरेन्सको नाफा ८७ प्रतिशतले बढ्यो

1.3K
Shares

काठमाडौं– सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८०/८१ को तेश्रो त्रैमाससम्ममा २८ करोड १३ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । कम्पनीले सोमबार प्रकाशित गरेको वित्तीय विवरण अनुसार सो नाफा गरेको हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा १५ करोड १ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । यो नाफा गत आवको सो अवधिका तुलनामा ८७.३५ प्रतिशतले बृद्धि हो ।

त्यस्तै कम्पनीेले चैत मसान्तसम्ममा ४ अर्ब २४ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिसम्ममा कम्पनीले ४ अर्ब १ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । कुल बीमा शुल्क आर्जन पनि गत आवको सोहि अवधिको तुलनामा ५.६१ प्रतिशतले बृद्धि हो ।

यसैगरी, उक्त अवधिसम्ममा कम्पनीले शेयर प्रिमियममा १ अर्ब ५५ करोड रुपैयाँ संचित गरेको छ । वित्तीय विवरणमा उल्लेख भए अनुसार उक्त अवधिमा कम्पनीको महाविपत्तीकोषमा १६ करोड ५३ लाख रुपैयाँ छ । चैत्र मसान्तसम्ममा कम्पनीको जीवन बीमाकोषको आकार १३ अर्ब ७ करोड रुपैयाँ छ ।समीक्षा अवधिमा कम्पनीले पुनर्बीमामार्फत २५ करोड २६ लाख रुपैयाँ खर्च गरेको छ । गत आवको सोहि अवधिसम्ममा कम्पनीले २९ करोड रुपैयाँ पुनर्बीमामार्फत् खर्च गरेको छ ।

कम्पनीले यस अवधिमा ३ अर्ब ९९ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले ३ अर्ब ७२ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । गत वर्षको तुलनामा कम्पनीको खुद बीमा शुल्क आर्जन ७.०५ प्रतिशतले बढेको हो । कम्पनीको चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँ छ ।

समीक्षा अवधिसम्ममा कम्पनीले ४३ करोड ३५ लाख रुपैयाँ अभिकर्ता कमिशनमा खर्च गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ४९ करोड ५९ लाख रुपैयाँ उक्त शिर्षकमा खर्च गरेको थियो । कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ९.५३ रुपैयाँ छ भने प्रतिशेयर नेटवर्थ १७५.७२ रुपैयाँ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij