२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा उल्लेख्य बढ्यो

हिमालयन एभरेष्ट इन्स्योरेन्सको नाफा उल्लेख्य बढ्यो

765
Shares

काठमाडौं– हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ।  चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा इन्स्योरेन्सले ६० करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६२.८६ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा इन्स्योरेन्सले २३ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

आम्दानी बढेसँगै इन्स्योरेन्सको खुद नाफा बढ्न पुगेको हो। मीक्षा अवधिमा इन्स्योरेन्सको खुद बीमाशुल्क २५.९० प्रतिशत बढेको छ भने कुल आम्दानी ६४.४१ प्रतिशत बढेको छ। त्यस्तै, इन्स्योरेन्सको खुद दाबी भुक्तानी २.१५ प्रतिशत र कुल खर्च १५.४३ प्रतिशत बढेको छ।

२ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ, महाविपत्ती कोषमा ७ करोड २२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३५ करोड १४ लाख रुपैयाँ र अन्य इक्विटीमा ७ करोड ५५ लाख रुपैयाँ रहेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १८ रुपैयाँ ९८ पैसा बढेर ३२ रुपैयाँ २७ पैसा पुगेको छ। चैत मसान्तसम्ममा इन्स्योरेन्सको मूल्य आम्दानी अनुपात १८.२७ गुणा र प्रतिशेयर नेटवर्थ १८५ रुपैयाँ ४९ पैसा रहेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij