२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

सानिमा जिआईसी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

1.6K
Shares

काठमाडौं – सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ। कम्पनीले संस्थापक समूहको ३ लाख ६४ हजार २८६ कित्ता सेयर बिक्रीमा ल्याएको हो । यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्।

बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता १८६ रुपैयाँ तोकिएको छ। यसको अर्थ लगानीकर्ताले न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गरी बोलपत्र पेस गर्नुपर्नेछ। खरिद आवेदन दिन कम्पनीले ३५ दिनको समयावधि दिएको छ। तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुले काठमाडौंको नक्सालस्थित बिक्री प्रबन्धक कुमारी क्यापिटलको कार्यालयमा खरिद आवेदन दिनुपर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij