२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

यूनाइटेड अजोड इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

1.5K
Shares

काठमाडौं – यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी संस्थापक समूहको सेयरको बिक्रीमा राखेको छ । कम्पनीले बिहीबार सूचना जारी गर्दै विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको १६ हजार ६५९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो ।

न्यूनतम मूल्य २०५ रुपैयाँ ताेकिएकाे यो सेयर कम्पनीका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद गर्न सक्नेछन् । सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र काठमाडौं सुन्धारामा रहेको कम्पनीको प्रधान कार्यालयमा आवश्यक कागजात प्रमाण संलग्न गरी आवेदन दिनुपर्नेछ ।

तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघसंस्थालाई सेयर बिक्री प्रक्रिया अगाडि बtढाइने कम्पनीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij