२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष अग्रवालद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष अग्रवालद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

1.8K
Shares

काठमाडौं -प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सका अध्यक्ष कृतिका अग्रवालले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसँग पद तथा गोपनियताको शपथ लिएका छन् ।

उक्त शपथ ग्रहण कार्यक्रममा प्रधिकरणका कार्यकारी निर्देशन राजु रमण पौडेल, कम्पनीका प्रमुख कार्यकारी अधिकृत नरेश कुमार रोका तथा कम्पनी सचिव राजेन्द्र प्रसाद पाठक समेतको उपस्थिती रहेको थियो ।

धनगढीमा सम्पन्न प्रथम वार्षिक साधारण सभाबाट चयन हुनुभएका सञ्चालकहरुको मिति २०८० साल चैत्र ७ गते बसेको बैठकले निज अग्रवालाई सर्वसम्मत रुपमा कम्पनीको सञ्चालक समिति अध्यक्षमा चयन गरेको हो ।
कार्यक्रममा प्राधिकरणका अध्यक्ष सिलवालले नेपालभर लघुबीमाको पहुँचलाई विशेष गरी दुर्गममा बसोबास गर्ने र न्यून आय भएका तथा पिछडिएका क्षेत्रका ब्यक्तिहरुको बीमामा पहुच बृद्धि गर्ने कार्यमा जोड दिन कम्पनीका अध्यक्ष लगायतलाई निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij