२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

1.6K
Shares

काठमाण्डौ -हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक समूहको सेयर लिलामीमा राखिएको छ । स्वदेशी सेक्युरिटिज एण्ड इन्भेष्टमेन्ट प्रालिले कम्पनीको ६४ हजार ५०९ कित्ता संस्थापक सेयर बोलकबोलमार्फत बिक्रीमा राखेको हो ।

सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १७५ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य जो कोहि व्यक्ति कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । लगानीकर्ताले थापाथलीमा रहेको एनआईसी एशिया क्यापिटलमा आफुले लिन चाहेको सेयर संख्या र दर खुलाई गोप्य शिलबन्दी आवेदन पेश गर्नुपर्नेछ । सेयर  खरिदका लागि बोलकबोल गर्दा न्यूनतम ५ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन पेश गर्नुपर्नेछ ।

आवेदन पेश गर्ने अन्तिम मिति चैत २० गते रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij