२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ट्रष्ट माइक्रो इन्स्योरेन्सको औपचारिक कारोबार शुभारम्भ

ट्रष्ट माइक्रो इन्स्योरेन्सको औपचारिक कारोबार शुभारम्भ

1.4K
Shares

काठमाडौं – ट्रष्ट माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आजबाट औपचारिक रुपमा कारोबार शुभारम्भ गरेको छ।
वुटवलमा मुख्य कार्यालय रहेको कम्पनीले बीमा प्राधिकरणबाट सबैभन्दा अन्तिममा लाईसेन्स पाएको हो ।
कम्पनीले अनलाईनमार्फत नै दुई बीमा योजना बिक्री गर्दै औपचारिक रुपमा शुभारम्भ हो । कम्पनीले सम्पत्ति बीमामार्फत घरको र मोटर बीमामार्फत गाढिको बीमा गरेर आजबाट बीमा सेवा सुरु गरेको हो ।

औपचारिक शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तथा निवर्तमान मुख्यमन्त्री लिला गिरीले उद्घाटन गरेका हुन् । कार्यक्रममा लुम्बिनी प्रदेशका सांसद तथा निवर्तमान मुख्य मन्त्री लिला गिरी, बीमा प्राधिकरणका संचालक सन्तोष रिजाल, बीमा प्राधिकरणका सह–निर्देशक साम्बाराज लामिछाने बीमा प्राधिकरणको लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापा, सहितको नियामकिय व्यक्तित्वहरुको उपस्थिती रहेको थियो।

कार्यक्रमको उद्घाटन गर्दै लुम्बिनी प्रदेशका सांसद तथा निवर्तमान मुख्य मन्त्री लिला गिरीले देशमा रोजगारी सिर्जना गर्नुपर्ने र राजनीतिक नेतृत्वको भुमिका पनि राम्रो नभएको बताएका थिए ।

साथै, सांसद् गिरीले कृषि, प्राविधिक शिक्षा समृद्धिको लागि रोजगारी आवश्यक भएकोले माइक्रो इन्स्योरेन्सले रोजगारी सिर्जना गर्नुका साथै बीमाको पहुँच बिस्तारमा सहयोग पुर्याउनेमा जोड दिएका छन् ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष जगत बहादुर पोखरेलले ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई मुलुक उत्कृष्ट कम्पनी बनाउने प्रतिवद्धता गरेका थिए । कम्पनीका सिईओ उज्जवल ढंगानाले आफूहरु गाउँ गाउँमा निम्न आय भएका गरिब जनताको बीमा गरेर उनीहरुको जोखिम रक्षावरण गर्ने विशाल उद्देश्य बोकेर मैदानमा उत्रिएको बताए ।

उनले आफूहरु अहिले सञ्चालनमा रहेका बीमा कम्पनीको प्रतिस्पर्धी नभएको पनि स्पष्ट पारे । उनले भने ‘देशमा सबै मानिसको आर्थिक अवस्था एक प्रकारको नरहेको र माइक्रो इन्स्योरेन्सले सबै प्रकारका आम नागरिकलाई बीमाको पहुच पुर्याउन महत्वपूर्ण भुमिका निर्वाह गर्नेछ।’ साथै अध्यक्ष पोखरेलले रुपन्देहीलाई आगामी दिनमा आर्थिक हवको रुपमा विकास गर्ने समेत प्रतिवद्धता जनाए।

ट्रष्ट माइक्रो इन्स्योरेन्सलाई बधाई तथा शुभकामना व्यक्त गर्दै बीमा प्राधिकरणको लुम्बिनी प्रदेश प्रमुख पूर्ण बहादुर थापाले माइक्रो इन्स्योरेन्सको बजार बृहत रहेको धारणा राखेका थिए । साथै उनले प्राधिकरणबाट चाहिने आवश्यक सहयोग र सल्लाह आफुले प्रदान गर्ने र कम्पनीलाई बीमा दावी भुक्तानीमा विशेष पहल गर्न समेत सुझाव दिए ।

कार्यक्रममा परीक्षा नियन्त्रक तथा शिक्षाबिद् दिपेन्द्र ढकाल,साइन डेभलपमेन्ट बैंकका अध्यक्ष थानेश्वर पौडेल, पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेल ,मनोज भट्टराइ लगायतले बोल्दै सेवाग्राहीको मन जितेर काम गर्नुपर्नेमा जोड दिएका छन् ।

शुभारम्भकै दिनामा २ जनाले बीमालेख खरिद गरेका छन् । निश्चल न्यौपानेको नाममा बाबु नारायण न्यौपानेले कारको बिमा , ईश्वर भण्डारीले घरको बीमा गरे । यस कम्पनीमा विभिन्न व्यवसायीक व्यक्ति सस्थामा आबद्ध ७१ जना यसका शेयर सदस्य छन् । लघु बीमाले बढिमा ५० लाख सम्मको मात्रै बीमा गर्न पाउने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij