२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय बीमा कम्पनीको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त

1.2K
Shares

काठमाण्डौ – राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सञ्चालक सदस्यमा कमानसिं थापा मगर नियुक्त भएका छन् । उनी अर्थ मन्त्रालयको प्रतिनिधिको रुपमा सञ्चालक नियुक्त भएका हुन् ।

उनलाई अर्को व्यवस्था नभएसम्मका लागि सञ्चालक नियुक्त गरिएको कम्पनीले जनाएको छ । उनलाई सञ्चालक पदका लागि अर्थमन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाको चैत ४ गतेको पत्रबाट सिफारिस गरेको थियो ।

उनले चैत ५ गते कम्पनीका सञ्चालक समितिका अध्यक्ष सामु पद तथा गोपनियताको शपथ ग्रहण गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij