काठमाडौं -हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडका सिनियर सहायक प्रमुख कार्यकारी अधिकृत कमल गौतमले पदबाट राजिनामा दिएका छन् । गौतमले गत बुधवार राजिनामा दिएका थिए। गौतमले गत बुधवार नै राजिनामा दिएको भएपनी कम्पनीले भने उनको राजिनामा आ शुक्रबार मात्रै स्वीकृत गरेको छ । साविकको हिमालयन जनरल र एभरेष्ट इन्स्योरेन्स एक आपसमा गाभिएपछि गौतम हिमालयन एभरेष्टको डेपुटी सिइओ बनेका थिए । यी दुवै कम्पनीले गत वर्ष २०७९ को साउन १ गतेदेखि एकीकृत कारोबार सुरु गरेको हो ।
यस अगाडि गौतम एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सिइओ) रहेका थिए । एभरेष्ट इन्स्योरेन्सको सिइओको रुपमा गौतमले दोस्रो कार्यकालको एक वर्ष बिताएका थिए। त्यसपछि हिमालयन एभरेष्टको डेपुटी सिइओ बनेका थिए।
मर्जपछि बनेको कम्पनीमा १८ महिना डेपुटी सिइओको रुपमा गौतमले बिताएका हुन् । उनको कार्यकाल सकिन डेढ वर्ष बाँकी छदै पदबाट राजिनामा दिएका छन्। फागुन २ गते बुधवार पदबाट राजिनमा दिई कम्पनीबाट गौतम बाहिरिएका हुन् ।
गौतमसँग बैंकिङ क्षेत्रमा तीन दशक लामो अनुभव छ । गौतमले नेपाल ग्रिन्डलैज बैंकबाट बैंकिङ्ग क्यारियर सुरु गरेका थिए । उनी हिमालयन बैंक, एनआईसी एसिया, एनबि र सनराइज बैंक हुँदै इन्फ्रान्स्टक्चर डेभलपमेन्ट बैंकको सिइओ पनि बनेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij