२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.६६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ७.६६ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

1.9K
Shares

काठमाडौं – आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लि.को ७ लाख ६६ हजार बढी कित्ता शेयर बिक्रीमा राखिएको छ। कम्पनीमा विभिन्न संस्थापक शेयरधनीका नाममा रहेको ७ लाख ६६ हजार ५९३ कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो। यो शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्र खरिद आवेदन दिन पाउनेछन्।

शेयर खरिदका लागि आवेदन दिन कम्पनीले ३५ दिनको म्याद दिएको छ। यो अवधिभित्र इच्छुक संस्थापक शेयरधनीरले काठमाडौंको नक्सालस्थित नारायणचौरमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा खरिद आवेदन दिन सक्नेछन्।

तोकिएको मितिभित्र संस्थापक शेयरधनीहरुबाट खरिद आवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij