२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नाफा ९६.४८ प्रतिशतले बढ्यो

सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको नाफा ९६.४८ प्रतिशतले बढ्यो

1.1K
Shares

काठमाडौ- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि. ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको वित्तीय विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा बढेको छ ।

चालु आर्थिक वर्षको पुस मसान्तसम्ममा इन्स्योरेन्सले २१ करोड ९७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा ९६.४८ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्षको यसैअवधिमा इन्स्योरेन्सले ११ करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

खुद बीमा शुल्क आर्जन र लगानी तथा कर्जा आम्दानी बढेपछि इन्स्योरेन्सको खुद नाफामा बढोत्तरी भएको हो । यस अवधिमा इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १३७.०५ प्रतिशतले बढेर २ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ । साथै लगानी तथा कर्जाबाट हुने आम्दानी १६६.४१ प्रतिशतले बढेर ७४ करोड ४५ लाख ५६ हजार रुपैयाँ छ ।

इन्स्याेरेन्सकाे चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ छ । पुस मसान्तसम्म आइपुग्दा इन्स्योरेन्सको प्रतिशेयर आम्दानी १० रुपैयाँ ५० पैसा र प्रतिशेयर नेटवर्थ १२५ रुपैयाँ ४४ पैसा छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij