२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वानप्लसका तीनवटा मोडल नेपालमा सार्वजनिक

वानप्लसका तीनवटा मोडल नेपालमा सार्वजनिक

1.5K
Shares

काठमाडौं – वानप्लस मोबाइलको नेपालका लागि आधिकारिक विक्रेता क्रेटस टेक्नोलोजिज र स्मार्ट टकले तीनवटा मोडल नेपालमा लन्च गरेका छन् । मंगलबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै क्रेटस, स्मार्ट टक र वानप्लस मुख्यालयका नेपाल प्रतिनिधि सन याङले संयुक्त रूपमा नर्ड एन थर्टी एसई, टुवेल्भ र टुवेल्भ आर सार्वजनिक गरेका हुन् ।

नेपालमा पहिलोपटक भित्रिएको टुवेल्भ आर सिरिजले सूचना प्रविधिको क्षेत्रमा गर्ने, गेमर्स र फोटोग्राफरलाई लक्षित गरेर बनाइएको छ । यो मोडलमा टुके भिडियो क्वालिटीमा भिडियो खिच्न सकिने छ ।
यस्तै, वाएरलेस चार्जरको सुविधा रहेको यो फोनमा १६ जीबी रोम र ५१२ जीबी र्‍यामको सुविधा राखिएको छ । ५४०० एमएचक्षमताको ब्याट्री भएको यो फोनको मूल्य एक लाख ३९ हजार ९९९ कायम गरिएको नेपाल वितरकले जनाएको छ ।

यस्तै, टुवेल्भ सिरिजकै अर्को फोन टुवेल्भ आरलाई पनि उत्कृष्ट फोन दाबी गरिएको छ । टुवेल्भभन्दा मूल्यमा सस्तो भए पनि यसले १.५ के रिजोलुसनमा फोटो भिडियो खिच्न सक्छ । यसको बजार मूल्य ९० हजार ९९९ तोकिएको छ । ५५०० एमएएचको ब्याट्री क्षमता रहेको यो फोनको आठौँ जेनेरेसन २ स्न्यापड्रागन प्रोसेसर जडान गरिएको छ ।

बिगर, लाउडर, फास्टर नारा दिइएको नर्ड थर्टी एसई बजेट फोन हो । २६ हजार ९९९ बजार मूल्य रहेको यो फोनमा अत्याधुनिक प्रविधि जडान गरिएको छ । स्टेरियो स्पिकर, डुअल माइक्रोफोन र पाँचहजार एमएएच ब्याट्री जडान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij