२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन् सानिमा रिलायन्स लाइफका १० ठूला लगानीकर्ता

यी हुन् सानिमा रिलायन्स लाइफका १० ठूला लगानीकर्ता

1.3K
Shares

काठमाडौं – सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लि.मा १ वा सोभन्दा बढी स्वामित्व रहेका शेयर धनीहरुको संख्या १० रहेको छ ।  १० ठूला लगानीकर्ता मध्ये २ वटा संस्थागत र ८ वटा व्यक्तिगत लगानी गरेका शेयरधनीहरु रहेका छन् ।

आर्थिक वर्ष २०७९/८० को विवरण अनुसार जसमध्ये सबैभन्दा धेरै शेयर सिद्दार्थ बैंकको रहेको छ । उक्त बैंकको यस कम्पनीमा १२.५७ प्रतिशत शेयर हिस्सा रहेको छ । त्यसैगरी, अग्नि होल्डिङ्सको ४.७६ प्रतिशत तथा सविता केडीयाको २.३१ प्रतिशत स्वामित्व रहेको छ ।

यस्तै, मनोज कुमार केडीया, पवन कुमार अग्रवाल र देवराज राजभण्डारीको समान १.९० प्रतिशत स्वामित्व रहेको छ । त्यस्तै, भरत कुमार तोदी र नरेन्द्रकुमार अग्रवालको समान १.४३ प्रतिशत, ऋषि अग्रवालको १.३१ प्रतिशत र राहुल अग्रवालको १.१९ प्रतिशत शेयर स्वामित्व रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij