काठमाडौं -सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या २२ रहेको छ । यो व्यक्तिगत र संस्थागत लगानीकर्तासहितको विवरण हो ।
कम्पनीले आगामी माघ १४ गते आयोजना गर्न लागेको वार्षिक साधारण सभामा पेश गर्न लागेको आव २०७९/८० को वार्षिक प्रतिवेदन अनुसार कम्पनीमा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या २२ रहेको छ ।
कम्पनीमा कान्तिपुर पब्लिकेसन र सुमित कुमार अग्रावलको समान ७.४३ प्रतिशत शेयर स्वामित्व रहेको छ । दुबैको शेयर संख्या समान १९ लाख ५० हजार रहेको छ । त्यसैगरी प्रदिपजंग पाण्डेको ५.२४ प्रतिशत रहेको छ । उनको १३ लाख ७५ हजार कित्ता शेयर रहेको छ ।
यस्तै, विक्रम जेबि राणा, सुष्मा राणा र यति वल्ड ईन्भेष्टमेन्टको समान ५.१४ प्रतिशत हिस्सा छ । कम्पनीमा एयर डाईनाष्टी हेली सर्भिसको ३.०६ प्रतिशत शेयर रहेको छ भने ज्योति प्रकाश पाण्डे, ललिता अग्रवाल र उर्मिला पाण्डेको समान २.२९ प्रतिशत शेयर रहेको छ । यसैगरी, राजेन्द्र प्रसाद श्रेष्ठको २ प्रतिशत , राम अग्रवालको १.८९ प्रतिशत, तथा गुडविल फाईनान्स र प्रिमियर वायर्सको समान १.७१ प्रतिशत स्वमित्व रहेको छ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij