२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन रि इन्स्योरेन्सको कारोबार खुल्यो

हिमालयन रि इन्स्योरेन्सको कारोबार खुल्यो

1.2K
Shares

काठमाडौँ – हिमालयन रिइन्स्योरेन्सको पहिलो कारोबार शुरु भएको छ । कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ३०९ रुपैयाँ २० पैसामा भएको हो।

कम्पनीको सेयर पुष २२ गते आइतबार नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली, सामूहिक लगानी कोष र कर्मचारीसहित सर्वसाधारणका लागि निष्काशन गरेको ३ करोड कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ७ करोड कित्ता गरी कुल १० करोड कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई १०३ रुपैयाँ ७ पैसादेखि ३०९ रुपैयाँ २१ पैसासम्मको ओपनिङ्ग रेञ्ज दिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij