२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि हिमालयन लाइफको संस्थापक शेयर बिक्रीमा

1.5K
Shares

काठमाडौं – हिमालनय लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको १ लाख २४ हजार ८३३ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता २५० रुपैयाँ तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक जोकोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन पेश गर्ने समय पुस ६ गतेसम्म तोकिएको छ । खरिदकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र मूल्य कबोल गरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंमा आवेदन दिनुपर्नेछ ।
काठमाडौं । हिमालनय लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको लिलामी शेयरमा आजदेखि आवेदन दिन सकिनेछ । कम्पनीले गणेश प्रोपर्टिज एण्ड इन्भेष्टमेन्ट प्रालिको स्वामित्वमा रहेको १ लाख २४ हजार ८३३ कित्ता शेयर लिलाम बिक्रीमा ल्याएको हो।

उक्त शेयरको न्यूनतम मूल्य प्रति कित्ता २५० रुपैयाँ तोकिएको छ । सो शेयर खरिद गर्न इच्छुक जोकोहीले प्रतिस्पर्धात्मक मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । आवेदन पेश गर्ने समय पुस ६ गतेसम्म तोकिएको छ । खरिदकर्ताले न्यूनतम १० हजार कित्ता र अधिकतममा सम्पूर्ण शेयर खरिदका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले आवश्यक कागजातसहित खरिद गर्न चाहेको शेयर संख्या र मूल्य कबोल गरी बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड थापाथली काठमाडौंमा आवेदन दिनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij