२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फ्रन्टलाइन हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबिच सम्झौता

फ्रन्टलाइन हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबिच सम्झौता

805
Shares

काठमाडौँ -फ्रन्टलाइन हस्पिटल र सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. बिच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता सम्पन्न भएको छ । कम्पनीले आफूले प्रदान गर्दैआइरहेको स्वास्थ्य बीमा अन्तर्गत नगद रहित (क्यासलेस) स्वास्थ्य बीमा सुविधा अझ प्रभावकारी बनाउन आफ्नो क्यासलेस अस्पतालहरुको सञ्जाल विस्तार गर्नेक्रममा बानेश्वर, काठमाण्डौं स्थित अत्याधुनिक सुविधा सम्पन्न फ्रन्टलाइन हस्पिटलसगं सहकार्य गर्ने आपसि सम्झौता गरेको छ ।

सम्झौता पत्रमा कम्पनीको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत योगेश कृष्ण श्रेष्ठ र हस्पिटलको तर्फबाट क्लिनिकल प्रेसिडेन्ट डा. योगेश न्यौपानेले हस्ताक्षर गरेका थिए । उक्त समारोहमा कम्पनीका बजार व्यवस्थपन बिभाग प्रमुख रामजी ढकाल र मेडिहेल्थ इकाइका वरिष्ठ अधिकृत डा. दिवेश बास्तोला तथा अस्पतालका उच्च व्यवस्थापनको उपस्थिती रहेको थियो ।

यो सगँै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि. का बीमितले अस्पताल भर्नामा नगद रहित स्वास्थ्य बीमाको लाभ लिने र उपचार पश्चात हुने दाबी भूक्तनीको भन्झटिलो प्रकृयाबाट छुटकारा मिल्ने विश्वास कम्पनीले गरेको छ । यो सेवा लिन बीमितले बीमा कम्पनीले जारी गरेको स्वास्थ्य बीमा कार्ड लिई नगद रहित स्वास्थ्य बीमाको सुविधा लिन सक्ने छन साथै अस्पतालले सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ली.को बीमित तथा परिवारजनहरुको लागि आफ्नो सम्पूर्ण सेवाहरुमा ७ देखि २५ प्रतिशतसम्म छुट दिने प्रतिवद्धता व्यक्त गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij