२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रेड बुलले नेपालमा सुरू गर्‍यो उत्पादन

रेड बुलले नेपालमा सुरू गर्‍यो उत्पादन

1.9K
Shares

काठमाडौँ – रेड बुलले नेपालको अमरापुरीमा ग्रीनफिल्ड उत्पादन सुविधासहितको फ्याक्ट्री उद्घाटन गरेको छ। रेड बुलले जर्मन र स्विस टेक्नोलोजी, स्वचालित उत्पादन प्रविधि, उत्कृष्ट वातावरणीय र सुरक्षा मापदण्ड सहितको फ्याक्ट्री सञ्चालनमा ल्याएको हो।

यस फ्याक्ट्रीकोे आधाभन्दा बढी विद्युत, वैकल्पिक ऊर्जा स्रोतहरूबाट उत्पादन गरिनेछ। कार्यक्रमको उद्घाटन अर्थमन्त्री डा. प्रकाशशरण महतको प्रमुख आतिथ्य तथा टिसिपिका प्रमुख कार्यकारी अधिकृत सरभूत युविध्या लगायत अन्य विशेष अतिथिहरूको उपस्थितिमा भएको हो।

अमरापुरी फ्याक्ट्रीले पहिलो चरणमा आन्तरिक बजारको लागि २५० एमएल क्यानमा रेडबुल उत्पादन गर्नेछ। रेडबुल नेपालमा स्थानीय रुपमा उत्पादन र ब्रान्डको यात्रामा एउटा महत्वपूर्ण कोसेढुंगाको रूपमा रहेको छ। साथै यसले ब्रान्डको स्थानीय रुपमा उत्पादन, स्रोतसाधनहरूको सशक्तिकरण तथा वातावरणीय दिगोपनप्रति प्रतिबद्धता दर्शाउँछ।

रेड बुल उत्पादन गर्ने नेपाल विश्वको चौथौं देश हो। पहेँलो रेड बुल उत्पादन गर्ने थाइल्यान्ड, भियतनाम तथा चीनपछि नेपाल रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij