२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

नेपाल पुनर्बीमा कम्पनीको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा

760
Shares

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको १९ लाख ७९ हजार ४२४ कित्ता सेयर बिक्रीमा ल्याएको हो । जसका लागि न्यूनतम मूल्य प्रतिकित्ता २८० रुपैयाँ तोकिएको हुँदा आवेदन दिदा सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदन पेश गर्ने सकिनेछ ।

प्रभु इन्स्योरेन्सको स्वामित्वमा रहेको सेयर इच्छुक विद्यमान संस्थापक शेयरधनी वा अन्य संगठित संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा आएको हो ।
सेयर खरिद गर्ने चाहनेले न्यूनतम १० लाख कित्ता र अधिकतम सम्पूर्ण कित्तासम्म माग गरी मंसिर २६ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । गोप्य शिलबन्दी बोलपत्र मङ्सिर २७ गते विहान ११ बजे विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडमा खोलिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij