२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक

सिटिजन लाइफको नयाँ बोनसदर सार्वजनिक

1.4K
Shares

काठमाडौं – सिटिजन्स लाइफ इन्स्योरेन्सले बोनस दर २ रुपैयाँ बढाएको छ । इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७९÷८०सम्मको जीवन बीमा कोषको बीमाङ्कीय मूल्याङ्कनका आधारमा नयाँ बोनस दर सार्वजनिक गरेको हो ।

कम्पनीले जारी गरेको विभिन्न पोलिसीमा न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७७ रुपैयाँसम्म बोनस दर कायम गरेको छ । यसअघि कम्पनीले न्युनतम २५ रुपैयाँदेखि अधिकतम ७५ रुपैयाँसम्म बोनस दर तोकेको थियो ।

कम्पनीको आर्थिक वर्ष २०७९/८०को बीमा कोषको बीमाङ्कीय मुल्याङकन प्रतिवेदन बीमा प्राधिकरणबाट मंसिर १९ गते स्वीकृत भई बीमालेखहरुमा नयाँ बोनसदर कायम हुने गरी सार्वजनिक गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij