२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

करेन्ट नुडल्सको ब्राण्ड एम्बेसडरमा केकी अधिकारी

करेन्ट नुडल्सको ब्राण्ड एम्बेसडरमा केकी अधिकारी

1.6K
Shares

काठमाडौं– यशोदा फुड्सले आफ्नो ब्रान्ड एम्बेसडरको घोषणा गरेको छ। यशोदा फुड्सले आफ्नो उत्पादन करेन्ट नुडल्स तथा स्न्याक्सको लागि ब्रान्ड एम्बेसडर चयन गरेको हो। कम्पनीले अभिनेत्री केकी अधिकारीलाई ब्रान्ड एम्बेसडर चयन गरेको बताएको छ। काठमाडौंमा कार्यक्रमको आयोजना गर्दै कम्पनीले सो जानकारी दिएको हो।
करेन्ट नुडल्सको ब्रान्ड एम्बेसडर घोषणाको लागि आयोजित कार्यक्रममा नायिका केकी अधिकारी लगायत कम्पनीका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
यशोदा फुड्सले सन् २०१७ मे महिनादेखि आफ्नो व्यवसायको थालनी गरेको हो। सुरुवाती दिनमा लाली र करेन्ट ब्राण्डअन्तर्गत तयारी चाउचाउ उत्पादन गर्ने सोचका साथ रुपन्देहीको तिलोत्तमाबाट कम्पनीले आफ्नो उत्पादनको सुरुवात गरेको हो। हाल कम्पनीले विभिन्न ब्राण्डका चाउचाउ तथा स्न्याक्सहरू उत्पादन गरी नेपाल तथा विश्वका विभिन्न मुलुकहमा निर्यात गर्दै आइरहेको छ।

सुपर प्रिमियम सेगमेन्टअन्र्तगत कम्पनीले करेन्ट हट एण्ड स्पाइसी, करेन्ट २× स्पाइसी, करेन्ट हट एण्ड लेमन स्पाइसी नुडल्स, करेन्ट चिज एण्ड बटर, करेन्ट मसरुम तथा करेन्ट कप नुडल्सको उत्पादन गरिरहेको छ भने प्रिमीयम सेगमेन्टअन्तर्गत करेन्ट, लालीलगायतका चाउचाउहरू उत्पादनमा छन्।
त्यसैगरी, प्रिमियम स्न्याक्स सेगमेन्टअन्तर्गत, करेन्ट चिजवल, करेन्ट हट एण्ड स्पाइसी स्टिक्स, करेन्ट पोटेटो क्रयाकर, करेन्ट पोटेटो स्टिक्स, करेन्ट अचारी स्टिक्स, करेन्ट हट एण्ड लेमन स्टिक्स, करेन्ट ओनियन रिङ्ग, करेन्ट मखनालगायतका प्रिमीयम स्न्याक्सको उत्पादन गरी नेपाल लगायत विदेशमा समेत निर्यात गरिरहेको कम्पनीको भनाइ छ।
गुणस्तरीय चाउचाउ र स्न्याक्स उत्पादन गरी नेपाल लगायत विदेशका भारत, जापान, भुटान, दुवई, अस्ट्रेलिया, युरोप, युके, अमेरीका, क्यानडा, मलेसिया, सिङ्गापुर लगायतका देशहरूमा निर्यात गरिरहेको यस कम्पनीले आफ्ना उत्पादन र ब्राण्ड प्रतिको उपभोक्ताको दिन प्रतिदिनको विश्वास र भरोसा नै आफ्नो सम्पत्ति र ख्याती भएकोसमेत कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij