२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको आईपीओ सूचीकृत

नेप्सेमा दुई कम्पनीको आईपीओ सूचीकृत

820
Shares

काठमाडौं – नेप्सेमा दुई कम्पनीको आईपीओ सूचीकृत भएको छ । एशियन हाइड्रोपावर लिमिटेड र कालिञ्चोक दर्शन लिमिटेडको आईपीओ आज सूचीकृत भएको नेप्सेले जनाएको छ ।

एशियन हाइड्रोको ३४ लाख कित्ता आईपीओ सूचीकृत भएको छ । आयोजना प्रभावितहरुका लागि बिक्री गरिएको ३ लाख ४० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुसहित सर्वसाधारणका लागि ८ लाख ४० हजार कित्ता र संस्थापकहरुको २२ लाख २० हजार कित्ता आईपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै भोलिबाट उक्त कम्पनीको शेयर कारोबार शुरु हुनेछ । रु. ९९.६० देखि रु. २९८.८० ओपन रेञ्ज निर्धारण गरिएको नेप्सेले जनाएको छ ।
त्यसैगरी कालिञ्चोक दर्शन लिमिटेडको ६० लाख कित्ता आईपीओ आजै सूचीकृत भएको छ । आयोजना प्रभावितहरुलाई बिक्री गरिएको १ लाख २० हजार कित्ता, वैदेशिक रोजगारीमा रहेका नेपाली, सामुहिक लगानी कोष र कम्पनीका कर्मचारीहरुसमेत सर्वसाधारणका लागि बिक्री गरिएको १० लाख ८० हजार कित्ता र संस्थापकहरुको ४८ लाख कित्ता आईपीओ सूचीकृत भएको हो ।

आईपीओ सूचीकृत भएपछि उक्त कम्पनीको शेयर कारोबार भोलिबाट शुरु हुनेछ । रु. ७८.१५ देखि रु। २३४.४५ ओपन रेञ्ज दिइएको नेप्सेले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij