२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईएमई जनरल र प्रुडेन्सियलबीच मर्जरको अन्तिम सम्झौता

आईएमई जनरल र प्रुडेन्सियलबीच मर्जरको अन्तिम सम्झौता

605
Shares

काठमाडौं- आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेड एक आपसमा मर्जरमा जाने अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौतापत्रमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडका अध्यक्ष हेमराज ढकाल र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष विशाल अग्रवालले हस्ताक्षर गरेका हुन् । उक्त सम्झौताअनुसार दुवै कम्पनी एक आपसमा गाभिएपश्चात् बन्ने कम्पनीको नाम आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड रहने सहमति भएको छ ।

मर्जरसम्बन्धी प्रस्ताव दुवै कम्पनीको आगामी विशेष साधारणसभामा लगिने र दुवै कम्पनीका बीचमा भएको प्रारम्भिक सहमति एवं डीडीए प्रतिवेदनको आधारमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेड र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयर अनुपात स्वाप रेसियो १ः१ कायम रहने गरी सम्झौता गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij