काठमाडौं – प्रभु इन्स्योरेन्स लिमिटेडको २६औँ वार्षिक साधारण सभा बुधबार सम्पन्न भएको छ । तीनकुने काठमाडौंस्थित कम्पनीको कार्यालय “प्रभु कम्प्लेक्स” मा विद्युतिय माध्यमबाट भर्चुअल रुपमा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७७÷०७८ को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ११ प्रतिशत बोनस शेयर तथा बोनस शेयरमा लाग्ने कर बापत ०.५८ प्रतिशत नगद लाभांश गरी जम्मा ११.५८ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको हो ।
वार्षिक साधारण सभामा वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै कम्पनीका अध्यक्ष कुसुम लामाले विभिन्न समस्या तथा उत्तारचढावहरु, २०७२ सालको महाभूकम्प, सोही वर्षको नाकाबन्दी, विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) र सो को नयाँ÷नयाँ भेरियन्टको असर, तत्पश्चात वित्तिय क्षेत्रमा देखिएको तरलताको अभाव एवं प्रत्यक्ष आयात निर्यात हुने विदेशी राष्ट्रहरूबीच भएको आपसी द्वन्द लगायतले बीमा क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा असर पारेको बताउँदै सम्भावित बीमा जोखिमहरूको आँकलन तथा सोको संयमित र अनुकूलित व्यवस्थापन नै बीमा क्षेत्रको सफलताको शुत्र हो भन्नेमा कसैको दुई मत हुन नसक्ने जनाउँदै कम्पनी भित्रको शुसाशन र सहभागितामूलक पारदर्शी निर्णय प्रकृयाहरूले सञ्चालक समिति र व्यवस्थापन बीचमा झन् प्रगाढता बढेको बताए ।
वार्षिक साधारण सभाबाट पारित बोनस शेयर वितरण पश्चात कम्पनीको चुक्ता पूँजी रु. १ अर्व २८ करोड ९७ लाख ११ हजार पुगेको छ । साथै कम्पनीले केन्द्रिय कार्यालय सहित ५५ भन्दा बढी शाखा तथा उपशाखाहरूबाट सेवा प्रदान गरिरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij