२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत

3.7K
Shares

काठमाडौं – आइतवार नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सबैको लघुवित्त वित्तीय संस्था र एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत भएको हो ।

सबैको लघुवित्तको ६ लाख ३९ हजार ७२७ दशमलव ५० कित्ता र एशियन लाइफ इन्स्योरेन्सको ५२ लाख ९० हजार ७४२ दशमलव ७२ कित्ता बोनस शेयर सूचीकृत भएको हो । अव यो बोनस शेयर हितग्राही खातामा आएपछि शेयरधनीले खरीदविक्री गर्न सक्नेछन् ।

सबैको लघुवित्तले पुस ३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ३१ दशलमव ०५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो । त्यसैगरी एशियन लाइफ इन्स्योरेन्सले माघ २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित २५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij