२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रिमियर स्टिल्सको ब्रान्ड एम्बेसेडरमा पारस खड्का नियुक्त

प्रिमियर स्टिल्सको ब्रान्ड एम्बेसेडरमा पारस खड्का नियुक्त

2.8K
Shares

काठमाडौं – प्रिमियर स्टिल्सले राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्कालाई आफ्नो ब्रान्ड एम्बेसेडर (सद्भावना दुत) नियुक्त गरेको छ। प्रिमियर स्टिल्सले पारस खड्कासँग रणनीतिक साझेदारीको घोषणा गर्न पाउँदा निकै गर्वान्वित भएको बताएको छ।

मंगलबार दुई पक्षबीच सम्झौता ज्ञापन पत्र हस्ताक्षर भएको थियो। योसँगै पारसले प्रिमियर स्टिल्सका सबै नयाँ अभियानको अगुवाई गर्नेछन्। प्रिमियम स्टिल्स नेपालको विश्वास जित्न सफल स्टिल्स उत्पादन कम्पनी हो, जसले ग्राहकहरूको आवश्यकता अनुसार उनीहरूलाई सेवा प्रदान गर्दै आइरहेको छ। गुणस्तरीय इम्बेडेड उत्पादनको दर्शनको साथ प्रिमियर स्टिल्सका देशभर पाँच सय रिटेल आउटलेटहरू छन्।

एसोसिएसनमा टिप्पणी गर्दै पारसले कार्यक्रमबीच भने, ‘प्रिमियर स्टिल्स परिवारको हिस्सा हुन पाउँदा धेरै खुसी छु। म उत्साहका साथ ठूलो पहल गर्नेछु।’ पारसले व्यवसायिक खेलाडी र खेलकुदको उत्थानमा निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउँदै ब्रान्डसँग प्रतिबद्ध रहने प्रतिबद्धता पनि व्यक्त गरे।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij