२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बरूण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट

बरूण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट

1.4K
Shares

काठमाडौं – बरूण हाइड्रोपावर कम्पनी लिमिटेडले आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्कासनका लागि आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । कम्पनीले शतप्रतिशत (१ः१ अनुपातमा) हकप्रद शेयर निष्कासन गर्नका लागि बिक्री प्रबन्धक नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा आइतबार बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन् ।

यससँगै अब कम्पनीले आवश्यक प्रक्रिया पूरा गरेर नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृति पाएपछि मात्र हकप्रद शेयर निष्कासन गर्नेछ । कम्पनीले २०७७ पुस २६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो ।

यसअघि कम्पनीले २०७५ जेठ २२ गते १ः१ को अनुपातमा हकप्रद निष्कासनको लागि नेपाल धितोपत्र बोर्डमा निवेदन पेश गरेको थियो । तर विद्युत नियमन आयोगले कम्पनीलाई हकप्रद शेयर जारी गर्न अनुमति नदिएपछि बोर्डले कम्पनीको निवेदन खारेज गरिदिएको थियो ।

यसरी बरुणले यसअघि जारी गर्न नसकेकोे हकप्रद निष्काशनको प्रक्रिया पुनः थालेको हो । आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको पूर्णस्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij