काठमाडौं – साउन २० गतेदेखि सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सेयर (आइपिओ)को बिक्री खुल्ला हुने भएको छ।कम्पनीको आइपिओमा २४ गतेसम्म आवेदन दिन सकिनेछ।
कम्पनीले अंकित मूल्य प्रतिकित्ता १ सयका दरले कुल ६० लाख कित्ता सेयर सर्वसाधारण समूहको निष्कासन गर्न लागेको हो। जसमध्ये ३ लाख कित्ता कर्मचारीलाई र ३ लाख कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएपछि बाँकी रहेको ५४ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन हुने भएको हो। कम्पनीको आइपिओ ५ लाख ४० हजारले १० कित्ताका दरले पाउने छन्।
कम्पनीको आइपिओलाई केयर रेटिङले बीबीबी माइनस रेटिङ प्रदान गरेको छ। यसले कम्पनी आफ्नो दायित्व वहन गर्ने क्षमतामा औसत स्तरमा रहेको संकेत गर्छ। यस्तो रेटिङमा एएए सबैभन्दा राम्रो मानिन्छ भने डी सबैभन्दा कमजोर मानिन्छ। आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत कम्पनीको आइपिओमा आवेदन दिन सकिनेछ। न्यूनतम १० र अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनी पछिबाट खुलेको जीवन बीमा कम्पनी हो। यसको प्रधान कार्यालय कमलादीमा छ। ११८ शाखा कार्यालय संचालनमा छ।
२०७४ मंसिरबाट यो कम्पनीले कारोबार सुरु गर्दै आएको छ। चैत मसान्तसम्म कम्पनीले ९ करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। सो अवधिसम्म खुद १ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेको छ।
आब ०७७/७८ सम्म कम्पनीको प्रतिसेयर नेटवर्थ ११६ रुपैयाँ ७४ पैसा र प्रतिसेयर आम्दानी ६ रुपैयाँ ७३ पैसा अनुमान छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij